• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘बैंक ब्यालेन्स’ देखाउने बहानामा ६० लाख ठगी

सनराइज खबर संवाददाता

काठमाडौं । अमेरिका पठाउने बहानामा ६० लाख ठग्‍ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेका ३४ वर्षीय गणेश लामा रहेको महानगरीय अपराध महाशाखामा एसएसपी सहकुल थापाले जानकारी दिए । 

ललितपुरको इमाडोल बस्‍ने उनीहरुले नुवाकोटकी महिलालाई अमेरिका पठाउनको लागि पर्याप्त बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै आफ्नो खातामा ६० लाख जम्मा गर्न आग्रह गरेका थिए । 

भिसा प्रोसेसिङका लागि बैंक ब्यालेन्स देखाउनु पर्ने भनिएकाले ती महिलाले पनि खाता पैसा जम्मा गरिन् । 

खातामा पैसा आएपछि नै रामचन्द्र र गणेश ती महिलाकाे सम्पर्कमा आएनन् । उनीहरुले बैंकका विभिन्‍न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमति पत्र प्रयाेग गर्दै ती महिलाले जम्मा गरेकाे पैसा निकालिसकेका छन् ।  

महाशाखाबाट खटेको टोलीले उनीहरुलाई आइतबार भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले अन्य तीनजनालाई  समेत ७० लाख ठगी गरेको खुलेको छ । 

प्रतिकृया दिनुहोस