• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना, दुई जनाको ज्यान 

सनराइज खबर संवाददाता

काठमाडौं । अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि अर्घाखाँची मालारानी गाउँपालिका–४ का २१ वर्षीय दिलीप खनाल र सोही ठाउँका २३ वर्षीय बालकृष्ण रिजालको ज्यान गएको हो ।

दुर्घटनामा अर्का दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सोही ठाउँका भुवन पोखरेल र वसन्त पोखरेल गम्भीर घाइते भएका छन् ।

लु २ च २९९० नम्बरको डवलक्याप जिप दुर्घटनामा परेको हो । लुटीपोखरीबाट खनदह जाँदै गरेको जिप ढुङ्गागाडेमा दुर्घटनामा परेको थियो । जिप सडकबाट २ सय ५० मिटर तल खसेको प्रहरीले जनाउको छ ।   

 

प्रतिकृया दिनुहोस