• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

इस्तिमा मनाउन आएका दुई भारतीयकाे सप्तरीमा निधन

सनराइज खबर संवाददाता

काठमाडौं । सप्तरीमा जारी मुस्लिम समुदायको धार्मिक सम्मेलन (इस्तिमा) मा सहभागी हुन आएका दुई भारतीय नागरिकको निधन भएको छ । 

सप्तरीको बोदेबरसाईन नगरपालिका–५ जाजरमा जारी साे सम्मेलनमा आएका भारतीयहरुको आइतबार साँझ निधन भएको हो । बेहाेस भएका उनीहरुकाे उपचारका क्रममा निधन भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी (प्रवक्ता) तिलक भारतीले जानकारी दिए । 

निधन हुनेमा भारत मोतिहारीका ७४ वर्षीय हारुन रसिद छन‍्  । अर्का एक जनाको भने परिचय खुल्न नसकेको प्रवक्ता तिलक भारतीले जानकारी दिए । उनीहरुको हृदयघाटका कारण निधन भएको हुन सक्ने उनले बताए । प्रहरीले घटनाकाे अनुसन्धान थालेकाे छ ।

साे सम्मेलनमा भारतीयसहित करिब तीन लाख मानिस भेला भएका छन् । 

प्रतिकृया दिनुहोस