• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

लेलेकाे वनमा भेटियाे महिलाकाे शव

सनराइज खबर संवाददाता

काठमाडौं । गोदावरी–५ स्थित लेले सामुदायिक वनमा महिलाको नग्‍न अवस्थामा शव भेटिएको छ । अन्दाजी ४० वर्षकी मंगोलियन अनुहार भएकी महिलाको शव आइतबार साे क्षेत्रमा भेटिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले सनराइज खबरलाई जानकारी दिए । 

प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार सो शवमा बलात्कारपछि हत्या हुने सम्भावना नदेखिएको तर ती महिलाको तिघ्रामा भने निलडाम देखिएको उनले बताए ।

प्रहरीले फरेन्सिक टोली र कुकरसहित घटनास्थल गएको र घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए।   


 

प्रतिकृया दिनुहोस