• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सिन्धुलीमा गाडीको ठक्करबाट कमलामाई नगरपालिकाको सरसफाइ कर्मचारीको ज्यान गयो 

सनराइज खबर संवाददाता

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिकामा सरसफाइ गर्ने एक कर्मचारीलाई आइतबार बिहान गाडीले ठक्कर दिँदा ज्यान गएको छ । 

सरसफाइको लागि बिहान कार्यालय तर्फ जाँदै गर्दा प्रदेश १–००१ च ८८२१ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा कमलामाई नगरपालिका–१२ का ३५ वर्षीय शेरबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार साइकलमा सवार खपाङ्गीलाई झापाबाट काठमाडौँ जाँदै गरेको गाडीले कमलामाई नगरपालिका–६ रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते खपाङ्गीलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । 

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस