• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

६ लाख रुपैयाँसहित पक्राउ परे १६ जुवाडे

सनराइज खबर संवाददाता

काठमाडौं । बालाजुको शुभकामना चोकबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत बालाजुका डीएसपी रञ्जितसिंह राठौर नेतृत्वको टोलीले जुवा खालबाट ६ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ । 

पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । त्यस्तै देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई पनि पक्राउ परेका छन् । 

तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस