ड्युटीमा खटिएका असई तेजबहादुर बोलेरोकाे ठक्करले मारिए
काठमाडौं । आफ्नै कार्यालय अगाडि ड्युटीमा खटिएका बेला प्रहरी सहायक निरीक्षक (असई) तेजबहादुर गुरुङले असामयिक मृत्यु वरण गर्नुपरेको छ ।
शुक्रबार दिउँसो काभ्रेको साँगा प्रहरी चौकी अगाडि ड्युटीमा रहेका बेला तेजबहादुरलाई एक बोलेरो जिपले हान्यो । काठमाडौंबाट बनेपा गइरहेको बा १९ च १३२३ बोलेरो जिपले हानेपछि तेजबहादुरको घटनास्थलमै निधन भएको हो ।
लापरवाही पूर्वक जिप चलाएर तेजबहादुरको ज्यान लिएका बोलेरो जिपका चालक विक्रम जाटिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस