• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब नाघ्यो, शान्ति मिसनमा डेढ लाख बढीको योगदान

समाचार

काठमाडौं । नेपाली  सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । 
आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रविन्द्र खत्रीले वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जानकारी दिनुभयो  । 


उहाँले भन्नुभयाे ,‘वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरुमा लगानी सात अर्ब ७२ करोड ४४ लाख पुगेको छ ।’


त्यस्तै उहाँले निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्न सक्ने सम्भावना बढ्दै गएको बताउनुभयो  । ‘निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्न सक्ने सम्भावना बढ्दै गएको छ,’ उहाँले भन्नुभयो । 


कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ४० लाख रुपैयाँ र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६०लाख लगानी रहेको उहाँले जानकारी दिनुभयो  । 


उहाँले भन्नुभयो –,‘कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख ?पैयाँ विभिन्न परियोजनामा लगानी भएको छन् । जसमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ४ लाख रुपैयाँ र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी उल्लेखनीय रुपमा रहेको छ ।’
 

प्रतिकृया दिनुहोस