• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते, २ को अवस्था गम्भीर

खबर स‌ंवाददाता

काठमाडौं । काठमाडाैंको कमलपोखरीस्थित एउटा मम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

कमलपोखरीस्थित सानदार मोमो पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता अपिल बोहराका अनुसार घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । सिलिन्डर विस्फोटको कारणबारे अनुसन्धान भइरहेको परिसरले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस