जलेश्वर कारागारका एकजना कैदीको गयाे ज्यान
महोत्तर । महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीको ज्यान गएको छ । ज्यान गुमाउनेमा धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् ।
महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए । कारागारमै रहेको चिकित्सकले उहाँले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जलेश्वर अस्पताल लगिएको थियो ।
अस्पतालमा उहाँको २ बजे ज्यान गएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिनुभयाे । उहाँले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिनुभयाे । पोस्टमार्टम रिपोर्ट आएपछि ज्यान गुमाउनुको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयाे ।
मृतक महरा आगजनी घटनामा दोषी ठहर भएका थिए । उहाँलाई प्रहरीले २०८० को जेठ २८ गते प्रकाउ गरेको थियो । यसैगरी महरा २०८० साउन १६ गतेदेखि सजाय भुत्तान गर्न कारागार चलान भएका थिए । उहाँ २०८३ असार २७ गते कैद मुक्त हुने भनिएकोमा उहाँको आज ज्यान गएको हो ।


प्रतिकृया दिनुहोस