• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विमानस्थलमा लागेको आगो नियन्त्रणमा आउँदै

राजेश भण्डारी

काठमाडौं । काठमाडौं स्थित त्रिभुवन विमानस्थलको टर्मिनलमा लागेको आगोका कारण त्यहाँ ठूलो भागदौड मच्चिएको छ । 

टर्मिनलमा रहेको एक कफि सपमा आगो लागेको हो । आगो लागेपछि विमानस्थल प्रशासनले टर्मिनल पूरै खाली गराएको छ । विदेश जाने तथा विदेशबाट आएका सबै यात्रुहरुलाई टर्मिनलबाट बाहिर निकालिएको छ । 

उडान र अवतरण गर्ने सबै विमान होल्ड गरिएको विमानस्थल प्रशासनले जनाएको छ । आगो लाग्नुको कारणबारे विमानस्थल प्रशासनले छानविन गरिरहेको छ । 

आगो नियन्त्रण बाहिर नरहेको जनाउँदै विमानस्थल प्रशासनले केही बेरमै विमानस्थल पूर्ण रुपमा खतरामुक्त हुने जनाएको छ । 

‘आगो ठूलै लागेको हो तर हामीले तत्काल नियन्त्रणमा लियौं, त्रिभुवन विमानस्थल पूर्ण सुरक्षित छ । आगो तत्कालै नियन्त्रणमा लिने क्षमता हामीसँग छ’– विमानस्थल प्रशासनका एक अधिकारीले सनराइज खबरलाई बताए । 

सम्बन्धित समाचार

काठमाडाैं विमानस्थलको कफी सपमा भीषण आगलागी

प्रतिकृया दिनुहोस