मुना हत्या रहस्यमय : मुनाको हात डोरीले बाँधिएको थियो
काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको दुवै हात बाँधिएको थियो, घाटीमा पनि डोरी थियो ।
घटनास्थलको वर्णन गर्दै अर्जुनले सो कुरा बताएका हुन् । आफ्नै घरमा भावविव्हल अवस्थामा रहेका अर्जुनले रोइकराई गर्दै सो कुरा बताएका हुन् ।
प्रहरीले अर्जुनको घर वरिपरिको सिसिटिभी फुटेज जाँच गर्दा उनी ११ बजेर २० मिनेट जाँदा घर बाहिर आइपुगेको देखिन्छ । उनले गेट खोल्न हर्न बजाएको स्पष्ट सुनिन्छ । तर, गेट खुल्दैन । त्यसपछि उनी आफैं गेट खोल्न जान्छन् । बिहान आठ बजेतिर उनी पशुपतिनाथ दर्शन गर्न गएका थिए ।
भित्र गएपछि अर्जुनले पहिले भर्याङ नजिकै डाइनिङ रुममा कामदार विजय चौधरी पासो लागेको देखे । त्यसपछि उनले मुनालाई खोजे । मुना रक्ताम्य लडिरहेकी थिइन् ।
विजयले आत्महत्या गरेको आशंका प्रहरीको छ । तर, मुनाको हत्या कसले गर्यो ? शंकाको सुई विजयतिरै जान्छ तर प्रहरी अनुसन्धान भरखर मात्रै सुरु भएको छ ।
प्रहरीले फरेन्सिक जाँच सुरु गरिसकेको छ । मुनाको शव स्टार अस्पतालमै छ भने विजयको शव शल्य परीक्षणका लागि पाटन अस्पताल लगिएको छ ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरले याे रहस्यमय घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार :
खुल्यो रहस्यको एउटा पर्दा, सिसिटिभीमा मुना हत्याको दर्दनाक दृष्य
कार्की परिवारमा बज्रपात, रहिनन् मुना
अर्जुन कार्कीकाे घरबाट लगियाे विजय चाैधरीकाे शव


प्रतिकृया दिनुहोस