• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सिरहामा बसको ठक्करबाट दुई जनाको मृत्यु

रासस

लहान । सिरहाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा साेमबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको निधन भएको छ ।

बसकाे ठक्करबाट गम्भीर घाइते मोटरसाइकलमा सवार सिरहा नगरपालिका–३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलकाे उपचारका लागि अस्पताल लैजा‌ँदै गर्दा बाटाेमै निधन भएकाे प्रहरीले जनाएकाे छ ।

सिरहाबाट धरान जाँदै गरेको ना४ख ९२४१ नम्बरको बसले सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु१६प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे ।

शैलेन्द्र र अमन जन्ती गएर घर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परेका बताइएकाे छ ।

प्रतिकृया दिनुहोस