• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पूर्व सचिव अर्जुनकी पत्नी मुना मृत घाेषित

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको निधन भएको छ । ललितपुर स्थित स्टार अस्पतालले उनलाई मृत घोषित गरेको हो । 

उनी आज बिहान १० बजेतिर ललितपुरको सानेपा स्थित आफ्नै निवासमा रक्ताम्य अवस्थामा अचेत भेटिएकी थिइन् । उनको घरको भर्‍याङमा घरेलु सहयोगी २२ वर्षीय विजय चौधरी पासो लागेको अवस्थामा भेटिएका थिए । 

अचेत अवस्थामा घाइते भेटिएकी मुनालाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । त्यहीँ उनलाई मृत घोषित गरिएको हो ।
 

प्रतिकृया दिनुहोस