पूर्व सचिव अर्जुनकी पत्नी मुना मृत घाेषित
काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको निधन भएको छ । ललितपुर स्थित स्टार अस्पतालले उनलाई मृत घोषित गरेको हो ।
उनी आज बिहान १० बजेतिर ललितपुरको सानेपा स्थित आफ्नै निवासमा रक्ताम्य अवस्थामा अचेत भेटिएकी थिइन् । उनको घरको भर्याङमा घरेलु सहयोगी २२ वर्षीय विजय चौधरी पासो लागेको अवस्थामा भेटिएका थिए ।
अचेत अवस्थामा घाइते भेटिएकी मुनालाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । त्यहीँ उनलाई मृत घोषित गरिएको हो ।


प्रतिकृया दिनुहोस