‘विवादित’ शोभाकान्त ढकालको घरमा बम विष्फोट गराउने पक्राउ
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विष्फोट गराउने एकजनालाई प्रहरी पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गोरखा घर भएका कपिल भट्टलाई चितवनबाट पक्राउ गरेको हो ।
विप्लव समूहको गण्डकी प्रदेशको ब्यूरो इन्चार्ज रहेका भट्टले १ माघमा ढकालको सानो भर्याङ स्थित घरमा बम विष्फोट गराएका थिए ।
महाशाखाले विप्लव समूहका आवद्ध अन्य पाँच जनालाई पनि काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । उनीहरु चन्दा आतंकमा संलगन रहेको महाशाखा स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस