• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अमेरिकाको भर्जिनियामा कार दुर्घटना, दुई नेपालीको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ । 

स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विण्डम होटेल परिसरको पोखरीमा कार खस्दा उहाँहरूको ज्यान गएको हो । ज्यान गुमाउनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट रहेका छन् ।  

खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्नुहुन्थ्यो भने अर्का उहाँका भाञ्जा नाता पर्ने युवा रहेको बुझिएको छ । कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो ।  

अत्यधिक चिसो र उद्धारमा भएको ढिलाइले उहाँहरूको ज्यान गएको बताइएको छ । 

 

प्रतिकृया दिनुहोस