सर्लाहीको बलरामा बसले किच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
काठमाडौं । सर्लाहीमा तीव्रगतिमा रहेको यात्रुवाहक बसले बलरा नगरपालिका–९ छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई ठक्कर दिँदा उहाँको ज्यान गएको छ ।
गए राति वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रु बसले तुलाधरलाई थिचेको थियो ।बसले थिचेर गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै ज्यान गएको थियो ।
प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।


प्रतिकृया दिनुहोस