• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सर्लाहीको बलरामा बसले किच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । सर्लाहीमा तीव्रगतिमा रहेको यात्रुवाहक बसले बलरा नगरपालिका–९ छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई ठक्कर दिँदा उहाँको ज्यान गएको छ । 

गए राति वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रु बसले तुलाधरलाई थिचेको थियो ।बसले थिचेर गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै ज्यान गएको थियो । 

प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

 

प्रतिकृया दिनुहोस