सर्लाहीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्कियाे, २ जनाको ज्यान गयाे
काठमाडौं । सर्लाहीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गएकाे छ ।
साेमबार राति बरहथवा नगरपालिका-९ मूर्तिया चोकमा ज१त ९८७६ नम्बरको उखु बाेकेकाे ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल ठाेक्किँदा २ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
ज्यान गुमाउनेमा माेटरसाइकल चालक बरहथवा नगरपालिका-५ का २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दास छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा साेमबार राति नै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका-७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस