गुल्मीकाे सत्यवती गाउँपालिका- २ मा टिपर दुर्घटना : एककाे ज्यान गयाे, एक घाइते
काठमाडाैं । गुल्मीकाे सत्यवती गाउँपालिका- २ पाहादीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे ५ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
रिडीबाट गिट्टीलिएर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका-१ का २४ वर्षका श्रीराम कुमालको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।
टिपर दुर्घटनामा घाइते कुमाललाई उपचारको लागिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा सल्यान बनगाउँ- ७ का २३ वर्षका मोहन जैसी घाइते भएका छन् ।


प्रतिकृया दिनुहोस