• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी भैरहवामा सुरू, सिमानामा हुने तस्करी तत्काल राेक्न गृहमन्त्रीको निर्देशन

खबर स‌ंवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रुपन्देहीको भैरहवामा सुरू भएको छ ।

गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा मंगलबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू भएको हो । 

सुरक्षा गाेष्ठीलाई सम्बाेधन गर्दै गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन दिनुभयाे । उहाँले भन्नुभयाे - 'सिमानामा हुने तस्करी तुरुन्त नियन्त्रण गर्नुस्, याे गाेष्ठीपछि तपाइँहरु कार्यक्षेत्रमा गइसकेपछि सीमा क्षेत्रमा तस्करी भइराखेकाे छ, राजश्व चुहावट भइराखेकाे छ, उठ्नुपर्ने राजश्व उठेकाे छैन भन्ने कुरा सुन्न नपराेस्, तपाइँहरुकाे मूल्यांकन त्यसकै आधारमा गरिनेछ ।'

राजश्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा र अपराधजन्य कुराकाे नियन्त्रण परिणामुखि रुपमा देखिनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस