दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
काठमाडौं । झापाको दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा मोटरसाइकलमा पछाडि सवार गौरादह नगरपालिका–५ का ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँका २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।
यसै गरी मोटरसाइकल चालक मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय बिराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस