• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

प्रधानसेनापति सिग्देल र भारतीय समकक्षी द्विवेदीबीच भेटवार्ता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल र भारतीय समकक्षी उपेन्द्र द्विवेदीबीच भेटवार्ता भएकाे छ ।

भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति सिग्देल र भारतीय समकक्षी द्विवेदीबीच बुधबार भेटवार्ता भएकाे हाे । भेटमा उहाँहरुबीच २ देशबीचकाे सम्बन्ध लगायत विषयमा छलफल भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

प्रधानसेनापति सिग्देलले आज नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स अनिल चौहान, रक्षा सचिव राकेश कुमार सिंह र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएकाे थियाे । उहाँले आजै भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।

प्रधानसेनापति सिग्देलले भोलि मंसिर २७ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्राप्त गर्नुहुने कार्यक्रम रहेकाे निर्देशनालयले जनाएकाे छ ।

उहाँ भाेलि नै भारतीय सैनिक शिक्षालयमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सिग्देल सहभागी हुनुहुनेछ ।

प्रधानसेनापति सिग्देल ४ दिने भारत भ्रमणका लागि मंसिर २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे । उहाँ मंसिर ३० गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिकृया दिनुहोस