रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाकाे ज्यान गयाे
काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाकाे ज्यान गएकाे छ ।
बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किँदै गरेकाे दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर-४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएकाे हाे ।
गाडीमा सवार ८ जनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । मृतककाे सनाखत हुन बाँकी छ । दुर्घटना ४ जना घाइते भएका प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस