जाजरकोटमा जीप दुर्घटना, २ जनाकाे ज्यान गयाे
काठमाडौं । जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे छ ।
३-०१-०२३ च ४७१९ न बोलेरो जीप बुधबार राति मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका-१० नुवागाउँमा दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।
ज्यान गुमाउनेमा जीप चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमाल छन् । प्रहरीका अनुसार ज्यान गुमाउने दुवै जना जाजरकोटको भेरी नगरपालिका-७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए ।
दुर्घटनामा घाइते भएका २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा पठाइएकाे प्रहरीले जनाएकाे छ ।
जीप सडकबाट करिब ७०० फिट तल खसेको थियाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस