• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल प्रहरीका पाँच प्राविधिक एसपी एसएसपी बढुवाका लागि सिफारिस 

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीका पाँच प्राविधिक एसपीहरू एसएसपीमा बढुवाका लागि सिफारिस हुनुभएको छ । 

गृह मन्त्रालयले उहाँहरूलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा एकजना कम्प्युटर प्राविधिक र अन्य चिकित्सा समूहका रहेका छन् ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत डिजिटल फोरेन्सिक ल्याबमा कार्यरत एसपी श्यामकुमार मण्डल एसएसपी बढुवाका निम्ति सिफारिस हुनुभएको छ । 

त्यस्तै प्रहरी अस्पतालमा कार्यरत एसपीहरू डा.केदार खड्गी, डा.छन्दबहादुर बुढाथोकी, डा.पवनकुमार राय र डा.सुवर्ण कुँवर एसएसपीका लागि सिफारिस हुनुभएको छ । 

 

प्रतिकृया दिनुहोस