• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले बिहीबार बिहान सात बजे सोही दिशातर्फ गइरहेको बा प्र ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  घाइते देउलाकाे उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा बिहान पौने आठ बजे ज्यान गएको हो । 

दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते हुनुभएको छ । उहाँको उपचार नागरिक अस्पतालमा भइरहेको छ । 

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्धबहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस