दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो
काठमाडौं । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर सोमबार बिहान चार बजे तिर दुर्घटना हुँदा मोटरसाइकलमा सबार सल्यान बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने ३० वर्षीय लीलाराम डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
दुर्घटनामा घाइते डाँगीलाई उपचारका लागि लमही अस्पतालमा लगिएकोमा प्रहरीले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक रोशक विकको अवस्था भने सामान्य रहेको छ । विकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस