• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बाजुराको हिमाली गाउँमा रुखले च्यापेर एक जनाको ज्यान गयो, दुई घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–३ बिच्छ्या युनामा रूखले च्यापेर एक जनाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । 

ज्यान गुमाउनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन् । घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 

युनास्थित कादुरी जलविद्युत आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेर च्यापिएका बुढाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस