राष्ट्रपति पाैडेलद्वारा भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान
काठमाडाैं । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित समाराेहमा राष्ट्रपति पाैडेलले भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे हाे । नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
प्रधानसेनापति अशोकराज सिग्देलकाे निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आइपुग्नुभएकाे थियाे । नेपालमा रहँदा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुहुनेछ ।


प्रतिकृया दिनुहोस