• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

छुट्टाछुट्टै घटनामा दुईजनाको गयाे ज्यान

समाचार

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ ।

सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको ज्यान गएको छ । प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार भीर मौरीको मह काढ्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको घट्नास्थलमै ज्यान गएको हो ।

त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा एस्काभेटर दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुरबिर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कासुवा खोला जलविद्युत् आयोजनाका लागि बाटो खन्ने क्रममा एस्काभेटर दुर्घटनामा परेको हो ।

–रासस

प्रतिकृया दिनुहोस