• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

घुस खाने सडक डिभिजनका कर्मचारी विरुद्ध मुद्दा

सनराइज खबर संवाददाता

काठमाडौं । सडक डिभिजन कार्यालय सिराहाका तीन कर्मचारीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कार्यालयका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्‍ने विनोद साह, इन्जिनियर नविनकुमार साह र सव–इन्जिनियर विरेन्द्रकुमार साह विरुद्ध मंगलबार  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गत पुस १९ मा आयोगले विनोदलाई सेवाग्राहीसँग ३ लाख घुस लिएको अभियाेगमा पक्राउ गरेकाे थियाे । नविन र  विरेन्द्रलाई भने १५ लाख घुस लिँदा पक्राउ गरेकाे आयाेगले जनाएकाे छ । 

तीनै जनाले रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी गर्नेक्रममा घुस मागेको आयोगले जनाएको छ ।

आयोगले नविन र विरेन्द्र विरुद्ध १० लाखदेखि २५ लाखसम्म जरिवाना र साढे दुई देखि चार वर्षसम्म कैद माग गरेको छ । यस्तै विन्दा साहविरुद्ध एक देखि पाँच लाखसम्म जरिवाना र ६ महिनादेखि एक डेढ वर्षसम्म कैद सजाय माग गरेकाे छ । 
 

प्रतिकृया दिनुहोस