बागलुङको जैमिनीमा ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँच जनाको ज्यान गयाे
काठमाडौं । बागलुङको जैमिनीमा ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार तर्फ आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको ज्यान गएको हो ।
ग २ च ०२४७ ‘पिकअपभ्यान’ सडकदेखि एक सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।
गाडीमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस