सुर्खेतमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ ।
शुक्रबार दैलेखबाट सुर्खेत फर्किँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा ज्यान गुमाएका चरै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । सुर्खेत र दैलेखको सिमानास्थित वीरेन्द्रनगर–१४ को रातानाङ्ला नजिक भएको दुर्घटनाका चार जनाको ज्यान गएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का गाडीचालक ३८ वर्षीय सुरेश केसी, वडा नं २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नं १ की १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको ज्यान गएको छ ।
दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस