सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना : चार जनाको ज्यान गयो, २५ घाइते
काठमाडौं । सुर्खेत–दैलेख सिमानामा पर्ने रानिमत्तामा गाडी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं फोर्स गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।
गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जानकारी दियो ।
घाइते २५ जनाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेकाले आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । गाडीमा २९ जना यात्री सवार थिए ।


प्रतिकृया दिनुहोस