• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बस दुर्घटना हुँदा अर्घाखाँचीमा एकको गयाे ज्यान, आठ घाइते

समाचार

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको गयाे ज्यान र आठ जना घाइते भएका छन् ।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।  ।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताउनुभयो । 

 

 

 

–रासस
 

प्रतिकृया दिनुहोस