झापाको कमल गाउँपालिकामा बसले विद्युतीय साइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो
काठमाडौं । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
अनुसार बुधबार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उहाँकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी चौकी केरखाले बस चालक विशाल ठटाललाई नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस