• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कावासोतीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयाे, २८ जना घाइते

खबर स‌ंवाददाता

काठमाडाैं । पूर्वी नवलपरासी (नवलपुर) को कावासोती नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएकाे छ ।

बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप कावासोती-१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरेर नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस