• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

झापाको अर्जुनधारा फलामको गेटले च्यापेर बालकको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । झापाको अर्जुनधारामा फलामको गेटले च्यापेर एक बालकको ज्यान गएको छ । 

गए राति आठ बजे तिर अर्जुनधारा नगरपालिका– ६ निवासी सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्करालाई लामको गेटले च्यापेर घाइते भएका  थिए ।

आमा श्रेया अग्रवालसँग मामाघमा गएको बेला फलामको गेटमा खेल्ने क्रममा गेट पल्टिएर च्याप्दा गम्भीर घाइते बालकको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको हो । बालकको बिहान ६ः१५ बजे तिर ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस