दाङमा टिपर दुर्घटनामा चालकको ज्यान गयो
काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको चालकको ज्यान गएको छ ।
चुनढुङ्गा लिन जान लागेको रा १ ख १८५७ नम्बरको टिपर घोराही–तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा बिहीबार राति दुर्घटनामा पर्दा गढवा गाउँपालिका निवासी प्रभु चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
टिपर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस