• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बिर्तामोडमा सवारी दुर्घटना, एक भारतीय नागरिकको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । झापाको बिर्तामोडमा सवारी दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ । 

बिर्तामोड–भद्रपुर सडक खण्डको बिर्ता बजारमा बनियानीबाट बिर्ता बजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको ‘हात्ती’ गाडीले ठक्कर दिँदा भारतको बहादुरगञ्ज घर भई बिर्तामोड–३ सैनिक मोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीको ज्यान गएको हो । 

गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका पानवारीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उहाँको बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ज्यान गएको हो । 

ठक्कर दिने गाडीका चालकलाई सवारीसाधनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस