• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

डडेल्धुरा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ५ पुग्याे, १२ घाइतेलाई थप उपचारका लागि धनगढी पठाइयाे

खबर स‌ंवाददाता

काठमाडाैं । डडेल्धुरामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ५ पुगेकाे छ ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी नगरपालिका गइरहेको ना ८ ख १०७८ नम्बरको बस बुधबार राति अमरगढी-७ खस्रेखानमा दुर्घटना हुँदा ४ जनाकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।

उद्धारका क्रममा घटनास्थलमा बसको छतमुनि च्यापिएकाे अवस्थामा पुर्चौंडी-१० की ६० वर्षीया गोवणी महराकाे शव  फेला परेसँगै मृतकको संख्या ५ पुगेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।

दुर्घटनामा  पुर्चौंडी-३ बस्ने ४५ वर्षाीया जैमती बोहरा, २१ वर्षीया कमला बोहरा र उनका २ दिनका शिशु, पुर्चौंडी-३ कै अन्दाजी २२ वर्षीय सहदेव बाेहराकाे ज्यान गएकाे हाे ।

बसमा १७ जना रहेकामा चालक बैतडीको पुर्चौडीऔ८ का २४ वर्षीय वीरेन्द्र बोहरासहित १२ जना घाइते भएका छन् । उनीहरूलाई डडेल्धुरा अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी पठाइएकाे प्रहरीले जनाएकाे छ ।

 रिफर घाईते (धनगढी) :

१) चालक जिल्ला बैतडी पुर्चौडि न.पा. ८ बस्ने बर्ष २४ को बिरेन्द्र बोहरा (दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट) अवस्था सिरियस, ऐ. ०३:५० बजेको समयमा धनगढी तर्फ रिफर गरेको ।

२) जि.डडेल्धुराआलिताल गा.पा. १ बस्ने बर्ष २१ को मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट) अवस्था मध्यम । ऐ. ०५:५० बजेको समयमा धनगढी तर्फ रिफर गरेको साथमा बुवा टेक बोहरा (९८४८७०१०३०) गएको ।

३) जि. बैतडी पुर्चौडी न.पा. ७ बस्ने बर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट) अवस्था मध्यम ।

४) जि. बैतडी पुर्चौडी न.पा. वडा न. ६ बस्ने बर्ष २४ को राजेन्द्र साउद (दुवैहात, खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम ।

५) जि. कञ्चनपुर कृष्णपुर न.पा. ४ बस्ने बर्ष २५ को दिनेश साँउद ( छाति, टाउकोमा चोट) अवस्था सामान्य ।

६) ऐ.ऐ. वडा न. ७ बस्ने बरष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट) अवस्था मध्यम ।

७) ऐ.ऐ. बस्ने बर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम ।

८) ऐ.ऐ. वडा न. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट) अवस्था मध्यम ।

९) जि. कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने बर्ष ६५ कि धनमति साउँद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट ) अवस्था मध्यम ।

१०) जिल्ला दार्चुला मार्मा गा.पा. ५ बस्ने बर्ष ३५ कि बिमला महता (दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य ।

११) जिल्ला बैतडी पुर्चौडि न.पा. ८ बस्ने बर्ष ४२ को पदम बहादुर बोहरा (कम्मर, टाउकोमा चोट) अवस्था मध्यम ।

१२) ऐ.ऐ बस्ने १० बस्ने बर्ष अ. २५/२६ को धन बहादुर महरा टाउकोमा चोट अवस्था मध्यम ।

प्रतिकृया दिनुहोस