• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तनहुँको आँबुखैरेनीमा माइक्रो बसले ठक्कर दिँदा ट्राफिक प्रहरी हवलदारको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा ट्राफिक प्रहरी हवलदारको ज्यान गएको छ ।

गोरखा घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी हवलदार भक्तबहादुर नहर्कीको सो दुर्घटनामा परि ज्यान गएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । गोरखाबाट तनहुँ तर्फ जाँदै गरेका नहर्की सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रो बसले ठक्कर  दिएको थियो । 

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस