बाढी-पहिराेमा परी ज्यान गुमाउनेकाे संख्या २४६ पुग्याे, १८ जना अझै बेपत्ता
काठमाडाैं । हालै आएकाे बाढी, पहिराे र डुबानमा परी ज्यान गुमाउनेकाे संख्या २ सय ४६ पुगेकाे छ ।
बाढी-पहिराेमा परी अझै १८ जना बेपत्ता रहेका नेपाल प्रहरीले जनाएकाे छ । बाढी पहिराेमा परी १ सय ७८ जना घाइते भएका छन् । बाढी, पहिराेमा र डुबानमा परेका १७ हजार १ सय ७४ जनाकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बाढी पहिराेबाट सबैभन्दा बढी बाग्मती प्रदेश प्रभावित भएकाे छ । यस प्रदेशमा बाढी पहिराेमा परी १ सय ३९ जनाकाे ज्यान गएकाे छ । ७ जना अझै बेपत्ता छन् । १ सय १५ जना घाइते छन् । १३ हजार ६ सय ९४ जनाकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार बाढी-पहिराेमा परी काठमाडाैं उपत्यकामा ७० जनाकाे ज्यान गएकाे छ । ७ जना अझै बेपत्ता छन् । ३७ जना घाइते भएका छन् । हजार १ सय ५८ जनाकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।



प्रतिकृया दिनुहोस