• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विप्लव समूहका काठमाडौं जिल्ला नेता पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका काठमाडौं जिल्ला समिति सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं जिल्ला समितिका सदस्य रहेका साङ्गे लामा भनिने रविन्द्र तामाङलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

शुक्रबार राति शंकास्पद गतिविधि गरिरहेको अवस्थामा फर्पिङको जंगलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । 

यसभन्दा पहिले स्थानीय निकायको चुनावका बेला पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो । साङ्गे विप्लव समूहको तामाङ राष्ट्रिय मुक्ति मोर्चा काठमाडौं जिल्लाका अध्यक्ष समेत हुन् । 

फर्पिङ घर भएका साङ्गे यसअघि नेकपामा प्रवेश गरेको भनिएपनि उनी शंकास्पद गतिविधिमा संलग्‍न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
 

प्रतिकृया दिनुहोस