• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बाढी र पहिरोमा ज्यान गुमाउनेकाे संख्या २२६ पुग्याे, २५ अझै बेपत्ता, १३ हजार ६१ जनाकाे उद्धार

खबर स‌ंवाददाता

काठमाडाैं । केही दिनअघिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेकाे संख्या २ सय २६ पुगेकाे छ ।

मंगलबार साँझ ६ बजेसम्म विपद्‍मा परी ज्यान गुमाउनेकाे संख्या २ सय २६ पुगेकाे नेपाल प्रहरीले जनाएकाे छ । विपद्‍मा परी २५ जना अझै बेपत्ता छन् । १ सय ५९ जना घाइते भएका छन् ।

अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेका १३ हजार ६१ जनाको उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस