नुवाकोटमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
काठमाडाैं । छहरे-टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस साेमबार दिउँसाे अदुवारी मोडमा अनियन्त्रित हुँदा दुर्घटनामा परेकाे हाे ।
घाइतेमध्ये २ जना अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ । घाइतेहरुलाई उपचारका लागि काठमाडाैं पठाइएकाे छ ।माइक्राेबस सडकबाट ५० मिटर तल खसेको थियाे । माइक्रोबसमा १८ जना यात्रु सवार रहेका प्रहरीले जनाएकाे छ ।
माइक्रोबस भीरमा रुखमा अड्किएका कारण ठूलो क्षति टरेकाे प्रहरीले जनाएकाे छ ।
झ्याप्लेखोलामा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट साे माइक्राेबस पाेखरा जाँदै थियाे ।


प्रतिकृया दिनुहोस