• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेकाे संख्या १९२ पुग्याे, ३० जना बेपत्ता

सनराइज खबर

काठमाडौं । अविरल वर्षापछि आएकाे बाढी, पहिरो र डुबानमा परी हालसम्म १ सय ९२ जनाकाे ज्यान गएकाे छ ।

प्राकृतिक विपद्‍मा १ सय ९४ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयाे । उहाँका अनुसार बाढी, पहिरो र डुबानमा परी ३० जना बेपत्ता भएका छन् ।

बाढीपहिरो पछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भएका छन् । सुरक्षा निकायकाे पहलमा हालसम्म करिब ४ हजार ५ सय बढी विपद् प्रभावितको उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयाे ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिनुभयाे ।

सरकारले आइतबार बाेलाएकाे सर्वदलीय बैठकले पनि प्रभावितकाे राहत र उद्धारका लागि विभिन्न निर्णय गरेकाे थियाे ।

- रासस

प्रतिकृया दिनुहोस