धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ ।
शनिबार बिहान पहिरोले पुरेका बसबाट ती शव निकालिएको हो । लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट पाँच वटा र नम्बर नखुलेको बसबाट नौवटा शव निकालिएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए ।


प्रतिकृया दिनुहोस